गौरीफन्टामा अलपत्र नागरिकको उद्धार कार्य जारी, १५ सय भन्दा बढीको उद्धार

गौरीफन्टामा अलपत्र नागरिकको उद्धार कार्य जारी, १५ सय भन्दा बढीको उद्धार

धनगढी : भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका १५ सय भन्दा बढी नेपालीलाई उद्धार गरिएको छ । भारतका विभिन्न शहरबाट नेपाल फर्किदै गरेका १५ सय भन्दा बढी नागरिकको अहिले समम उद्धार गरिएको छ भने अझै पनि उद्धार जारी रहेको छ ।

उनीहरुलाई उद्धार गर्दै सम्बन्धित स्थानीय तहमा पठाउने कार्य भईरहेको छ । साथै कतिपय नागरिकलाई धनगढीकै विभिन्न क्वारेन्टाईमा राख्ने तयारी भएको ताईएको छ । हिजो, ७ जेठमा मात्रै आएका ८५८ जना मध्ये केहीलाई स्थानीय तहले लिएपनि बाँकी रहेकालाई धनगढी भन्सारनजिकै रहेको नवदुर्गा मावि, कैलाली बहुमुखी क्याम्पस र रंगशालाको क्वारेन्टाइनमा राखिएको छ ।

गौरीफन्टाबाट उद्धारको कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । हिजो बिना चेकजाँच भित्र्याइए पनि आज भने सीमामै आरडीटी परिक्षण गरिएको छ ।