गौरीफन्टाबाट आज उद्धार गरी आरडीटी परिक्षण गरिएका मध्ये ११ जनामा पोजेटिभ

गौरीफन्टाबाट आज उद्धार गरी आरडीटी परिक्षण गरिएका मध्ये ११ जनामा पोजेटिभ

धनगढी : नेपाल–भारत सिमाना गौरीफन्टाबाट आज उद्धार गरी आरडीटी परिक्षण गरिएका मध्ये ११ जनामा पोजेटिभ देखाएको छ । सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार ४५० जनाको आरडीटी टेस्ट गर्दा ११ जनामा एन्टिबडी पोजेटिभ देखाएको हो ।

हिजो बिना चेकजाँच भित्र्याइए पनि आज भने सीमामै आरडटीटी परिक्षण गरिएको हो । तर, सीमित मात्रामा मात्रै आरडीटी कीट रहेका कारण चेकजाँच गर्न समस्या भएको बताईएको छ ।

आज धनगढी भित्र्याईएका नागरिकलार्ई आजै सम्बन्धित पालिकासम्म पुगाउने कार्य पनि भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।