नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो।

बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।