कोरोना आशंकामा भारतबाट फर्किएका १९ जना सेती अस्पतालको आइसोलेसनमा भर्ना

कोरोना आशंकामा भारतबाट फर्किएका १९ जना सेती अस्पतालको आइसोलेसनमा भर्ना

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख सिमाना गौरीफन्टा नाका हुदै आएका नेपाल आएका १९ जना कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् । कोरोना आशंकामा उनीहरु अस्पतालमा भर्ना भएका हुन ।

भारतबाट फर्कने क्रममा सिमामा आरडीटी परक्षण गर्दा पोजेटिभ देखाएका सहित अन्यमा कोरोना भाइरस जस्तो लक्षण देखाएपछि अस्पताल भर्ना भएका हुन । अस्पतालको आइसोलेसनमा भर्ना हुनेमा बझाङका २ जना, डोटीका २ जना, डडेल्धुराका १ जना, कञ्चनपुरका १ जना र बैतडीका ९ जना अस्पतालको आसोलसनमा भर्ना भएका छन ।

त्यसैगरी अछाम जिल्लाका ४ जनालाई अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।