मन्त्रिपरिषद्को बैठक सुरु, संविधान संशोधनको विषयमा छलफल

मन्त्रिपरिषद्को बैठक सुरु, संविधान संशोधनको विषयमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। शुक्रबार बिहान १० बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनको प्रस्ताव, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनेलगायतका समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा राखिएको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न संसदमा प्रस्ताव आउने जानकारी दिएका थिए।