कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिईएको छ ।

 गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो ।

वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै मृत्युदण्डको सजाय तोकेको थियो । त्यहाँको सर्बोच्च अदालतले पनि सोही फैसला सदर गरेपछि उनलाई गोली हानी मृत्युदण्ड दिइएको हो । यद्यपी चौधरीले आफूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका थिए ।

उनलाई माफी दिलाउन प्रयत्न भएपनि मृतकका परिवारले अस्वीकार गरेपछि चौधरीले मृत्युदण्डको सजाय पाएका हुन् । सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका उनलाई कतारी नागरिकलाई खुकुरी खानेर हत्या गरेको आरोप लागेको थियो ।