अपशब्द प्रयोग गरेको भन्दै साथीको हत्या

अपशब्द प्रयोग गरेको भन्दै साथीको हत्या

कास्कीको पोखरा-२७ भीमसेनस्थानमा दुई युवकले रक्सि खाइरहेका बेला अपशब्द प्रयोग गरेको भन्दै साथीको हत्या गरेका छन। 

कास्की पोखरा-२६ सुन्दरी बजारका २४ वर्षीय युवक जेठ ३ गते हराइरहेका थिए। जेठ ६ गते भीमसेनस्थानमा ती युवकको शव पुरै माटोले नछोपिएको अवस्थामा फेला परेको थियो। शरिरमा चोटपटक लागेको देखिएपछि प्रहरीले उनका साथीहरुलाई पक्राउ गरि अनुसन्धान थालेको थियो।

पक्राउ परेकामध्ये प्युठानका २३ वर्षीय प्रकाश घर्तीमगर र प्युठानकै २१ वर्षीय थमन पुन मगरले घटनामा आफ्नो भूमिका स्विकारेको प्रहरीको दावी छ। दुवै जना सुन्दरी बजारमा बस्दै आएका थिए।

प्रहरीका अनुसार जेठ २ गते सुजनसँगै बसेर रक्सि खाएको र त्यसक्रममा उनले अपशब्द बोल्दै चिच्याउन र गाली गर्न थालेपछि पछाडिबाट टाउकोमा हानेको उनिहरुले बताएका छन्। टाउकोमा मुक्का लागेर थचक्कै बसेका सुजन पुन चिच्याउन थालेपछि नजिकै रहेको ढुंगाले प्रहार गरेको उनिहरुले बताएको प्रहरीले जनाएको छ।

आरोपित दुवै जना विजुलीको काम गर्दै आएको प्रहरीले जनाएको छ।