निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

सरकारले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनको लागि संविधान संशोधन गर्न लागिएको हो । 

गएको सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गएको बुधबार सार्वजनिक गरिएको थियो ।