नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता

नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता

नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका अनुसार संविधानको अनुसूची ३को निशाना छाप संशोधन गर्न प्रस्ताव दर्ता भएको बताए ।

सरकारले लिपुलेक लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा सार्वजिनक गरेपछि नेपालको निशान छाप परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागिएको हो ।

संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा हुनेछ ।