बैतडीमा एक थुनुवामा देखियो कोरोना, प्रहरी कार्यालय सिल

बैतडीमा एक थुनुवामा देखियो कोरोना, प्रहरी कार्यालय सिल

बैतडीमा प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा संक्रमण देखिएको हो।

चार थुनुवाको स्वाब परीक्षणका लागि पठाइएको र एक जनाको रिपोर्ट आएकोमा उनको कोरोना संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्लीनारायण पाण्डेले बताए।

भारतबाट चैत ६ गते नेपाल आएका उनी कर्तव्य ज्यानको मुद्दामा वैशाख १५ गते पक्राउ परेका हुन्। थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।