सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १० पुगेको छ भने ५ जना निको भएर घर फर्किसकेका छन ।