नेपालमा ५०७ पुगे कोरोना संक्रमित, थप २० जनामा संक्रमण पुष्टि

नेपालमा ५०७ पुगे कोरोना संक्रमित, थप २० जनामा संक्रमण पुष्टि

कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २० जनामा संक्रमण देखिएको हो।

सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो। योसहित संक्रमितको संख्या ५०७ पुगेको छ।