कैलालीका तीनैजना संक्रमित लकडाउनको समयमा भारत र अन्य ठाउँबाट भित्रिएका थिए

कैलालीका तीनैजना संक्रमित लकडाउनको समयमा भारत र अन्य ठाउँबाट भित्रिएका थिए

कैलालीका तीनजनामा कोरोना संक्रमण देखिएको छ । कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीकाअनुसार तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीकाअनुसार कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका ७ जवलपुरका १९ वर्षीय युवक छन्।

त्यस्तै वैशाख १ गते भारतको महाराष्ट्रबाट आएका जानकी गाउँपालिका ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र वैशाख १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका  ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् । 

चौधरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित पुष्टि भएको सरस्वती माविको क्वारेन्टाइनमा ४५ जनालाई राखेको छ । संक्रमित पुष्टि भएकालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।