कंचनपुरको महाकाली नहरमा बेपत्ता भएका युवक मृत भेटिए

कंचनपुरको महाकाली नहरमा बेपत्ता भएका युवक मृत भेटिए

कंचनपुरको महाकाली सिँचाई आयोजाना अन्तर्गत पर्ने भिमदत्त ६ मा रहेको महाकाली नहरमा पौडी खेल्दा खेल्दै   बेपत्ता भएका युवक मृत भेटिएका छन । उनी बेपत्ता भएको ५ घन्टा पछि मृत फेला परेका हुन । महेन्द्रनगर बसपार्कको उत्तरतर्फ ऐठपुर जाने पुल नजिकै नहरमा नुहाउदै गरेका उनी बेपत्ता भएका थिए । शनिबार बिहान १० बजे   नहरको डिलमा लुगा फुकाली  पौडिन गएका उनि वेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वेपत्ता भएका पुरुषको शव  घटना स्थल भन्दा एक किलो मिटर टाढा बगिरहेको अवस्थामा भेटिएका हो  । उनी भीमदत्त नगरपालिका वडा न.६ प्रगती टोलका अंक बहादुर धामिका छोरा  २७  वर्षिय  अशोक धामी रहेको जनाइएको छ । उनको खोजिकार्यमा विपद व्यवस्थापनका नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीय कञ्चन समाजका अध्यक्ष धर्मराज जोशी नेतृत्वको टोलि लगायत स्थानीय युवाहरु रहेका थिए। भीमदत्त वडा न.३ भाषि ब्रह्मदेव हाइवे पुल नजिकको मुल नहरमा युवकको लास फेला पारेको वडा न. ६ का अध्यक्ष हरक सिंह धामिले जानकारी दिए । मृत युवक विवाहित रहेको  साथै  उनको १ वर्षको छोरा समेत रहेको छ। उनको शवको जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलिले मुचुल्का उठाइसकेपछी  महाकाली अस्पतालमा पोस्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।