कंचनपुरमा भोलिदेखि लकडाउनमा थप कडाइ गरिने

कंचनपुरमा भोलिदेखि लकडाउनमा थप कडाइ गरिने

कंचनपुर : कंचनपुरमा भोलीदेखि लकडाउनमा थप कडाई गरिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयका  प्रमुख  नुरहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले कंचनपुर जिल्ला भरी पुर्ण रुपमा औषधोपचार बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । कंचनपुरको विभिन्न सिमानाकाबाट नेपाली नागरिकहरु लुकिछिपी भित्रिने क्रम नरोकिएको कारण  उनिहरुलाइ व्यवस्थित रुपमा भित्र्याउन गड्डाचौकि नाका खोल्न आवस्यक भएको जनाउदै नाका खोलिने जिल्ला प्रशासनले जनाएको छ । अब उपरान्त  भारतबाट नेपाल भित्रिने  नेपाली नागरिकहरुको स्वस्थ्य परिक्षणका साथै  विवरण संकलन गरि  व्यवस्थित रुपमा उनिहरुको स्थायी ठेगानामा पुर्याउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिमानाका गड्डाचौकीबाट भित्रिनेहरु बाट कोरोना संक्रमणको जोखिम अत्यन्तै बढी भएकाले भोलीबाट  कंचनपुरमा लकडाउन थप कडाइ गरिने भएको हो । उक्त बैठकमा  औषधोपचार बाहेकका सम्पुर्ण व्यापार व्यवसाय तरकारी  बजार  फलफुल तथा खाद्यान्न पसलहरु अर्को व्यवस्था नभए सम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।