निड्स नेपाल द्वारा महाकाली अस्पताललाई स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण

निड्स नेपाल द्वारा महाकाली अस्पताललाई स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण

 कंचनपुर : सोमबार  निड्स नेपाल कञ्चनपुरले महाकाली अस्पताललाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण  गरेको छ । केयर नेपालका तर्फबाट निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई कोरोना रोकथाम एव नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका हुन ।  २ सय थान पिपिई, २ सय थान एन नाईटीफाईभ मास्क, ५ सय थान डिस्पोजक केप, ५ सय ग्लोब्स, २ थान थर्मोमिटर र ५ सय जोर सु कभर लगायत एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो ।  निड्स नेपाल कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोना रोकथाम एवं नियन्त्रणका लागि अस्पताललाई उक्त समाग्री हस्तान्तरण गरिएको बताए ।उनले सेती अस्पताल धनगढीमा पनि स्वस्थ्य समाग्री उपलब्ध गराइएको बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले महामारीका बेला सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर कोरोना संक्रमणको जोखिमलाई कम गरि उक्त महामारी सङ्ग लड्न  सकिने बताए । स्वस्थ्य सामग्रीको अभाव भइरहेका बेला स्वस्थ्य सामग्री उपलब्ध गराइ सहयोग गर्नेहरु प्रती  उनले आभार व्यक्त गरेका छन । स्वस्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कौसल्या ओझा(किरण), कृष्णानन्द भट्ट(किरण), महाकाली अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ  र निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी) लगायतको उपस्थिति रहेको थियो ।