धनगढी : सुदूरपश्चिममा आज एकैदिन दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कैलाली र अछामका एक/एक जना संक्रमित थपिएका हुन् ।
धनगढीस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीको जानकी गाँउपालिका ३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको हो ।
दुबै जना संक्रमित भारतबाट आएको बुझिएको छ । यो सँगै सुदूरपश्चिमभरी संक्रमितको संख्या १७ पुगेको छ ।