२९ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन कंचनपुरद्वारा पत्रकारलाई स्वास्थ सुरक्षा सामग्री वितरण

२९ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन कंचनपुरद्वारा पत्रकारलाई स्वास्थ सुरक्षा सामग्री वितरण

कंचनपुर :  नेपाल प्रेस यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ । नेपाली काँग्रेस निकट प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा प्रेस  यूनियन कञ्चनपुरले जिल्लाका ३० जना पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ ।प्रेस  युनियनले मंगलबार महेन्द्रनगरका पत्रकारलाई मास्क र सेनिटाईजर वितरण गरेको हो । प्रेस यूनियनका केन्द्रीय पार्षद आशिष खत्रीले कंचनपुर प्रेस यूनियनका अध्यक्ष अमर बहादुर चन्दलाई  मास्क र सेनिटाइजर उपलब्ध  गराएका थिए ।
युनियनका केन्द्रिय पार्षद आशिष खत्रीको आर्थिक सहयोगमा प्राप्त भएका मास्क र सेनिटाइजर यूनियनका अध्यक्ष चन्दले कृयाशिल पत्रकारलाई वितरण गरेका थिए । अध्यक्ष चन्दले स्थापना दिवसका अवसरमा कोडिभ १९ को जोखिम मोलेर रातदिन  खटिएका पत्रकारलाई हौसला प्रदानका लागि वितरण गरिएको बताए। उनले यस्तो जोखिम मोलेर जनता सामु सत्यतथ्य  सुचना सम्प्रेषण गरिरहेका जिल्लाका सम्पुर्ण पत्रकारहरुको जति प्रशंसा गरेपनी कम हुने बताए ।  प्रेस यूनियन कञ्चनपुरका सचिव मनोज भट्टद्वारा संचालन गरिएको कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । युनियनको २९ औ स्थापना दिवसमा मिठाई समेत वितरण गरिएको थियो । स्वतन्त्र पत्रकार संघ एव नेपाल फोटो पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष पुष्कर भट्टले  कृयाशिल सबै पत्रकारलाई समेटेर यूनियनले स्वास्थ्य सुरक्षा समाग्री दिएको भन्दै धन्यवाद दिएका थिए  । प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष चन्दले आगामी दिनमा  कृयाशिल पत्रकारका लागि विशेष राहतका कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जाहेर गरेका छ्न । साथै अध्यक्ष चन्द युनियनको २९ औ स्थापना दिवसको अवसरमा सम्पुर्ण सन्चारकर्मीहरुलाइ  शुभकामना व्यक्त गरेका थिए ।