कंचनपुरमा क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका एक वडाध्यक्षको मृत्यु

कंचनपुरमा क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका एक वडाध्यक्षको मृत्यु

कंचनपुरमा  क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका वडा नम्बर ०७ का वडा अध्यक्षको गएराती मृत्यु भएको छ। कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष ५८ वर्षीय कल्लु रानाको मङ्गलबार राती मृत्यु भएको हो।वडा नम्वर ७ को राष्ट्रिय माविमा क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका वडा अध्यक्ष राना एक्कासी बेहोस भएर लडेका थिए । उनको घटनास्थल मृत्युु भएको थियो ।  हृदयघातका कारण मृत्युु भएको हुनसक्ने अनुमान गरिए पनि मृत्युको ठोस कारण भने खुलेको छैन।
 अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले  शवको पोष्टमार्टम गरिने र त्यसपछि कोरोना  परीक्षणका लागि स्वाब संकलन गरिने बताएका छ्न ।