कंचनपुरमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सशस्त्र प्रहरीको मोटरसाइकल गस्ती

कंचनपुरमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सशस्त्र प्रहरीको मोटरसाइकल गस्ती

कंचनपुर : नेपाल सरकारले लागू गरेको लकडाउनको उल्लंघन भइरहेको छ । तर अर्को तिर भने नेपालमा कोरोना संक्रमित बिरामीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।  लकडाउन उलङघनका घटना बढेपछि कंचनपुर सशस्त्र प्रहरीले मोटरसाईकल गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरीले भारतसंग सीमा जोडिएको कंंचनपुरको महाकाली नगरपालिका क्षेत्रमा बुधबारदेखि मोटरसाईकल गस्ती शुरु गरेको छ।

यस अघि भारतबाट लुकिछिपी नेपाली महाकाली नगरपालिका क्षेत्रकै नाका भएर प्रवेस गरेपछि उनीहरुकै व्यवस्थापनमा व्यस्त भएको सशस्त्र प्रहरीले नगरपालिका क्षेत्रमा लकडाउन अनुगमन गर्नका लागि मोटरसाईकल मार्फत गस्ती गरिरहेको छ ।  सोमबारदेखि पश्चिमी गड्डाचौकी नाका खुलेसंगै सो क्षेत्रमा नेपालीहरु लुकिछिपी आउनेक्रम भने रोकिएको छ।
 लकडाउनको पूर्ण पालना गाराउनको  निम्ति मोटरसाईकल गस्ती गरेको शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बीरसिह शाहुले बताए । महाकाली नगरपालिका क्षेत्रका क्वारेन्टाईन, सीमा क्षेत्र, बजार, गाउँघरतिर गस्ती गरिएको बताए।‘हामीले महाकाली नगरपालिकाबाट लकडाउन पालना गराउनका मागि मोटरसाईकल गस्ती शुरु गरेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘अब सबै स्थानीय तहमा मोटरसाईकल गस्ती मार्फत लकडाउन थप कडाई गछौँ ।’लकडाउन उलङघन गर्दै पसल खुल्ने सामाजिक दुरी कायम नगरिक समुह बनाएर  घुम्ने, खेल्ने र अनावश्यक घर बाहिर आउनेहरुलाई सम्झाईबुझाई गरेर कोरोना संक्रमणबाट जोगिनका लागि सचेत गराउने काम समेत गरिने उनले बताए ।