समाजिक उत्तरदायित्व स्वरुप रेडियो धनगढी द्वारा भक्त विवि संगको सहकार्यमा खाजा वितरण

समाजिक उत्तरदायित्व स्वरुप रेडियो धनगढी द्वारा भक्त विवि संगको सहकार्यमा खाजा वितरण

धनगढी : कैलालीको त्रिनगर नाका बाट उद्धार गरी पहाडी जिल्ला लगायत ठाउँमा जाने नागरिकहरुलाई पानी र चाउचाउ वितरण गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को संयोजन तथा भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटी र रेडियो धनगढी को सहकार्यमा भारतका विभिन्न शहरबाट आएर सम्बन्धित स्थानीय तह जादै गरेका नागरिकहरुलाई सहयोग गरिएको रेडियो धनगढीका कार्यकारी निर्देशक तथा धनगढी खबर डट कमका सम्पादक हरि जोशीले बताउनुभयो  ।

भारतका विभिन्न शहरबाट आएर भारतीय बजार गौरीफन्टामा अलपत्र परेका नागरिकलाई उद्धार गरिए सम्बन्धित स्थानीय तहमा पठाउने काम समेत जारी रहेको छ । आफ्ना स्थानीय तहका नागरिक बोकेर पहाड जादै गरेका बसलाई रोकेर खाजा स्वरुप पानी र चाउचाउ वितरण गरिएको भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीका सुदूरपश्चिम सल्लाहकार तथा रेडियो धनगढी र धनगढी खबर डटकम का अध्यक्ष राज बहादुर चन्दले जनाउनु भयो  ।

यात्रुहरुलाई बस बाहिर नझारेर धनगढीको त्रिभुवन चोक वा वोराडाँडीमा प्रत्येक व्यक्तिलाई एक बोतल पानी र एक प्याकेट चाउचाउ गरि जम्मा २६ पेटि पानी र चाउचाउ   वितरण गरिएको हो । नागरिकहरुको सुविधाको लागि शुक्रबार बाट पहाड जाने नागरिकको लागि पानी र चाउचाउ वितरण गर्ने कार्यको सुरुवात गरिएको अध्यक्ष चन्दले जानकारी दिनुुुभयो ।    अब हरेक दिन उक्त ठाउँ हुदै पहाडी जिल्ला जाने नागरिकहरुलाई चाउचाउ र पानी वितरण गरिने छ । 

साथै यस अघि भक्त बिबि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को त्रिभुवन माध्यमिक विद्यालयमा तत्कालका लागि ५१ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याईएको छ । त्यस क्वारेन्टाइनमा अहिले २८ जना नागरिकहरु बसि रहेका छन । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर एर, सदस्य ओम चन्द लगायतको सहभागीता रहेको थियो ।