गौरीफन्टा नाकाबाट आज पनि चार हजार बढीको उद्धार

गौरीफन्टा नाकाबाट  आज पनि चार हजार बढीको उद्धार

 कैलालीको गौरीफन्टा नाकाबाट  आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ। स्थानीय  प्रशासनको समन्वयमा आज पनि उनिहरुलाई उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार तीन सय ५० जनाको उद्धार गरीएको छ।आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।