बिहानैदेखि देशैभर मौसम बदली, अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना सचेत रहन आग्रह

बिहानैदेखि देशैभर मौसम बदली, अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना सचेत रहन आग्रह

आज (शनिबार) पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि देशैभरको मौसम बदली भएको छ भने पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा त अहिले वर्षा पनि भइरहेको छ।

‘काठमाडौं उपत्यकाका पनि केही स्थानमा सिमसिम पानी पर्न सुरु भइसकेको छ,’ शनिबार बिहान उनले भनिन्, ‘आज पूर्वका पनि, मध्यका पनि र पश्चिम क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।’

उनका अनुसार बीचमा केही घण्टा मौसम खुल्ने सम्भावना भए पनि पुनः बदलली भई वर्षा जारी रहने देखिएको छ। ‘आजलाई समग्रमा मौसम खुल्ने देखिन्न,’ उनले भनिन्।

वर्षाका साथमा हावाहुरी/ चट्याङको पनि उत्तिक सम्भावना रहेको मौमसविद्ले बताएका छन्।