युवा व्यवसायी कुबेर शाहीले जन्मदिनमा गरे भारतबाट फर्किएकाहरुलाई खाद्यान्न सहयोग

युवा व्यवसायी कुबेर शाहीले जन्मदिनमा गरे भारतबाट फर्किएकाहरुलाई खाद्यान्न सहयोग

धनगढी : जन्मदिनको अवसरमा युवा व्यवसायी कुवेर शाहीले भारतबाट फर्किएकाहरुलाई खाद्यान्न सहयोग गरेका छन । निसर्ग अस्पतालका निर्देशक तथा कैलाली जिल्ला हार्डवेयर व्यवसायी संघका महासचिव शाहीले आफ्नो जन्मदिनको अवसरमा एक हजार जनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् ।

कैलालीको त्रिनगर नाकामा रोयल कोल्याब्रोटिभ्सले विगत ८ दिनदेखि संचालन गरेको निःशुल्क खाना घरमा एक हजार जनालाई खाद्यान्न सहयोग गरि जन्मदिन मनाईएको शाहीले बताए ।

लकडाउनको मारमा परी भारतबाट फर्किएका नेपालीहरुलाई निसर्ग हस्पिटल धनगढीको मुख्य सहयोग, धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोग तथा विभिन्न मनकारी व्यक्ती र संघसंस्थाहरुको सहयोगमा रोयल कोल्याब्रोटिभ्सले विगत ८ दिनदेखि खाना खुवाउँदै आएको छ ।