कैलालीमा माटोको ढिस्कोमा पुरिएर घाईते भएका एक युवकको मृत्यु

कैलालीमा माटोको ढिस्कोमा पुरिएर घाईते भएका एक युवकको मृत्यु

धनगढी : कैलालीमा माटोको ढिस्कोमा पुरिएर घाईते भएका युवकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ को उदासीमा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर गम्भीर घाईते भएका १८ वर्षीय भुवन बोहराको मृत्यु भएको हो ।

घर नजिकैको गौरीगणेश सामुदायिक वनमा गएका बेला माटोको ढिस्को भत्किदा उनि सहित सोही ठाउँकी ४० वर्षीय दुर्गा मन्नी घाईत घाईते भएका थिए ।

तर उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घाईते दुर्गा मन्नीको उपचार भईरहेको प्रहरीले जनाएको छ ।