अस्पताल सुधारका लागि महाकाली अस्पताललाई भिमदत्त नगरपालिकाले गर्यो रु.१० लाख आर्थिक सहयोग

अस्पताल सुधारका लागि महाकाली अस्पताललाई भिमदत्त नगरपालिकाले गर्यो रु.१० लाख आर्थिक सहयोग

 कंचनपुर । महेन्द्रनगरमा अवस्थित महाकाली अस्पताल सुधारका लागि  भीमदत्त नगरपालिकाले आइतबार रु.१० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।अस्पतालको पूर्वाधार, उपकरण र सामाजिक सेवा सुधारका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
अस्पताल सुधारका लागि गरेको उक्त सहयोग प्रती महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले नगर भिमदत्त नगरपालिका प्रति धन्यवाद सहित आभार व्यक्त  गरेका छ्न ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको उपस्थितिमा नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई रु. १० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन।