डोटीमा नेपाली सेनाले बनायो ६८ शैयाको क्वारेन्टाइन

डोटीमा नेपाली सेनाले बनायो ६८ शैयाको क्वारेन्टाइन

डोटी ।  जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शैयाको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।

शिखर नगरपालिकाको सहयोगमा सेनाले  नगरपालिकाको वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टाइन निर्माण गरेको छ ।

जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टाइनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा सेनाले क्वारेन्टाइन निर्माण गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए ।

नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिए ।