आफूखुशी चार्टर्ड उडान नगर्न वायुसेवा कम्पनीलाई क्यानको निर्देशन

आफूखुशी चार्टर्ड उडान नगर्न वायुसेवा कम्पनीलाई क्यानको निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तर्राष्‍ट्रिय चार्टर्ड उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

पछिल्लो समय एअरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले आफूखुशी नेपालबाट यात्रु चार्टर्ड उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो ।

हिजो, २४ जेठमा सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर्ड उडानमा रोक लगाएको छ।

क्यानका एअर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचना अनुसार हिजैदेखि ट्राभल्स एजेन्सी र एअरलाइन्स कम्पनीलाई चार्टर्ड उडानमा रोक लगाइएको हो।

बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर्ड उडान गर्दै आएका छन्।

गत ९ चैतयता अहिलेसम्‍म ११० अन्तर्राष्‍ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।