सल्यानमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

सल्यानमा  बन्चरो प्रहार गरी श्रीमानको हत्या

सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्ती लाई बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा  बन्चरो प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाले  जनाएको छ ।