कंचनपुरमा लकडाउनको मौका छोपी चोरी गर्ने २० जना अभियुक्त सार्वजनिक

कंचनपुरमा लकडाउनको मौका छोपी  चोरी गर्ने २० जना अभियुक्त सार्वजनिक

कंचनपुर : महेन्द्रनगर बजार क्षेत्रमा साइकल लगायत अन्य समान चोरी गर्ने  २० जना अभियुक्तहरुलाई  प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलहरु देखि घरका सामानहरु चोरी गर्ने २० जनालाई सार्वजनिक गरिएको हो । उनिहरु माथी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
चोरीमा संलग्न हुनेहरुमा अधिकांश युवाहरु रहेका छन ।  चोरी मुद्दामा कैद भोगिसकेकाहरु समेत पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । उनले चोरीलगायत आपराधिक घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताए।
प्रहरीका अनुसार अभियुक्तबाट बजार र आसपासका क्षेत्रबाट चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान  बरामद गरिएको छ।
साइकल लगायत अन्य सामान हराएका व्यक्तिहरुलाई कागजातसहित प्रहरीको सम्पर्कमा आउन सूचित समेत गरिएको समेत एसपी मरासिनीले बताएका छ्न । साथै  अभियुक्तहरुको अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको समेत उनले बताए ।  चोरीमा संलग्न भएकाहरु  कंचनपुर र कैलालीका रहेका छ्न ।
लकडाउनका बेला चोरिका घटनाहरु बढ्दै गएपछी  सुरक्षा सतर्कता पनि बढाइएको कंचनपुर प्रहरीले जनाएको छ ।