अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना पुष्टि

अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना पुष्टि

अछाम : अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो।

भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। यसैबीच मंगलवार एक दिनका लागि नेपालगंज मेडिकल कलेजका ओपिडीहरु बन्द हुने भएका छन् ।

कोरोना पुष्टि भएकी गर्भवतीको आन्द्रा बेरिएका कारण आपतकालीन शल्यक्रिया गर्नका लागि अस्पतालका सम्पुर्ण वहिरंग विभाग बन्द गरिएको सह निर्देशक डाक्टर कडौडियाले जानकारी दिए ।