घरभित्र सुतिरहेको अवस्थामा कंचनपुरकि १५ वर्षीय बालिका बलात्कृत

घरभित्र सुतिरहेको अवस्थामा कंचनपुरकि १५ वर्षीय बालिका बलात्कृत

कंचनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा  १५ वर्षीय बालिका बलात्कृत भएकी छिन । घर भित्र एक्लै सुतिरहेको मौका छोपी घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी बालिकामाथि बलात्कार गरेको बालिकाको आरोप रहेको छ ।

बलात्कारको आरोपमा बेलौरी नगरपालिका–७ पौलाहकै बिरु चौधरी नाम बताउने २५ वर्षीय युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन ।बलात्कार आरोपमा पक्राउ पर्ने युवक बालिकाकै छिमेकी हुन । उनलाइ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको समेत प्रमुख प्रहरी निरीक्षक चन्दले बताए ।उनका अनुसार बालिकाको विस्तृत स्वास्थ्य परीक्षणका लागि उनिलाई सेती प्रादेशिक अस्पताल लगिएको छ ।