कोरोना, क्वारेन्टाइन र कथा

कोरोना, क्वारेन्टाइन र कथा


ॐ पुमान् पुमांसं परिपातु विश्वत: ।
- ऋग्वेद: ६/७५/१४
"हरेक ब्यक्तिले हरेक ब्यक्ति लाई हरेक पक्षबाट सहयोग पुर्याउनु पर्दछ"।।
"May The Man Protect The Other On Everyside."
संक्रमित र संक्रमण हुन वाट बचौं र बचाऔं।।

"कोरोना"
*************************************
क्वारेन्टाइनमा बसेकाहरुलाई बिदेश बाट आएका मजदुर भन्दै केवल मजदुरको दर्जा दिईएको प्रायः छ। आज बिदेश बाट यस् आपतकालीन, कोभिड-१९ को कहरले घर फिर्ती हरु सङ्ग गरिएको व्यबहार सोचनिय छ। मजदुर भनियो, मानौं ती सिर्फ मजदुर हुन, जसले बिदेशमा पसिना, श्रम र सेवा बेचेर आफ्नो घर परिवारलाई पाले र गरिब भनिएको आफ्नो देशलाई रेमिट्यान्स मार्फत आर्थिक रूपमा सघाए।
श्री भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटीका अध्यक्ष भक्त ब. भण्डारी ज्यु को सहयोगमा भक्त बि बि टिम ले धनगढी वडा नं. ३ को कार्यालय को सहकार्य मा ब्यबस्थापन गरिरहेको क्वारेन्टाइन गृहमा बसि रहनु भएका ६० जना र घर बिदाई एवम् उपचाररत गरि झन्डै एकसय जनाको सेवा गर्ने मौका पाएको दिन देखि आज सम्म मैले, जसलाई देश र समाजले मजदुर भनेर सम्बोधन गरि रह्यो ती तमाम ब्याक्तित्व हरु आफै मा एक कुशल जनशक्ति र सीप युक्त भएको अनुभव गर्ने मौका पाए।

कोहि पांच तारे होटेल का सेफ, कोहि म्यानेजर, मार्केटर, मेडिकल पर्सन,पलम्बर,ड्राइभर,हेल्पर, चौकिदार,चपरासी,मिस्त्री, मेसिन अपरेटर देखि लिएर समान्य लेवर र सफाईकर्मी आदि आदि अनि कोहि आफ्नै स्वरोजगार गरि बसेका निजि कार/जिप चढी नाका सम्म आई क्वारेन्टाइन पुग्दा टिप्पर माथी कोचिएर पुगेका!!!

क्वारेन्टाइन को यो कथा/ब्यथा भनी रहंदा मनमा प्रश्न र चिन्ता उब्जाएको छ कि यो महामारीको अवस्था ले मानव सभ्यताको खिल्ली कसरी उडाउंदैछ भनेर।

क्वारेन्टाइन गृह मा बस्नु हुने एक जना महिला भन्नू हुन्छ- हरियाणा मा बसेको २३ बर्ष भयो सबै लाउन खान पुगेर तराईमा घर घडेरी पनि जोडियो।आउंदा निजि कारमा बोर्डर सम्म आयौ सुरक्षित थियौ, घर देश पुग्दा खुशी लाग्यो तर अब कति दिन यसरी बस्ने होला? रोग सल्किने पो हो कि? खान बस्न मात्रै ले के हुन्छ र मन को पिर ले मारे पछि?

कथा/ब्यथा जति लेखे पनि सकिँदैन होला झन पट्यार र अत्यास लाग्ने हुन पुग्छ। क्वारेन्टाइन गृह र यस भित्र बसेका रोगी/निरोगी सबै यी देशका नागरिक हुन।यो देश का सन्तती र सम्पत्ति हुन। यिनी हरुको रक्षा र सुब्यबस्था यदि आज गर्न सकिएन भने ईतिहासले हामिलाई धिकार्ने छ,सराप्ने छ।

सम्भवतः सुदुर पश्चिम् कै नमूना क्वारेन्टाइन भनेर तारिफ र प्रसंशा गरिएको भक्त बि बि क्वारेन्टाइन, त्रिभुवन मा. वि. बोराडांडिमा हामिले पनि भने जस्तो धेरै ठूलो नमुनाको काम गर्न सकिरहेको न होला। प्रशंसा र सहयोगका लागि सम्पुर्ण शुभ चिन्तक हरु प्रती आभारी छौं।
प्राप्त भएको क्वारेन्टाइन गृह (त्रिभुवन मा.वि.को भवन) पुर्वाधारलाई मर्मत सम्भार, घेरबार र सरसफाइ गरेर केही थान लुगा, सरसफाइ का सामग्री र सामुन्ने मै दाल भात पकाएर ताजा र सके सम्मको सफा पस्किने प्रयास मात्र गरेका छौं।।

क्वारेन्टाइन गृह कोरोनाको घर पक्कै पनि होईन। क्वारेन्टाइन गृह बिदेश गएर फर्किनु भएका दक्ष/अदक्ष नागरिक भएको जनशक्ति को घर हो।बध्यताले हाम्रा दाजुभाइ तथा दिदिबहिनी हरु लाई बस्नु परेको अस्थायी घर हो। जसको समयमै नियमन, नियन्त्रण र सुरक्षाको प्रत्याभुती गर्नु रास्ट्रको पहिलो दायित्व हुन आउँछ। रास्ट्रको सम्पत्ति भनेकै निश्चित भुगोल मात्र न भएर त्यस भुगोल भित्र बसोबास गर्ने सार्बभौम जनता पनि हो।

भक्त बि बि क्वारेन्टाइन गृह मा अहिले ६० जना हुनुहुन्छ। जो भारतको फरक फरक राज्य बाट आई पुग्नु भएको छ । हरेक ब्यक्ति स्वस्थ र तन्दुरुस्त देखिनु हुन्छ। कसैलाई पनि खास कुनैं लक्षण र अपठ्यारो भएको देखिदैन तर मानी लिउं ती मध्ये ५ देखि १० प्रतीशत मात्रै पनि संक्रमित छ्न वा अव्यवस्थित आवागमनले वा बसाई ले संक्रमित हुने क्रममा छ्न जसको चेक-जाँच समयमै न भएर मानसिक दवाव मा रहेका छ्न । यस परिस्थिति मा रोग नियन्त्रणलाई हामिले एउटा सचेत नागरिकको हैसियतले कसरी हेर्ने र कसरी उपाय लगाउने भन्ने गम्भीर प्रश्न खडा हुन आउंछ।।

पहिलो कुरा त सिमानाका बाटै उचित उपाय/चेक जाँच र उद्दार को उचित तरिकाहरु अपनाउनु पर्दथ्यो।यस्तोमा सरोकारवाला निकायहरु चुकेका छ्न भन्ने प्रस्ट छ। अब, क्वारेन्टाइन गृह लाई हेला को दृष्टि ले हेर्ने हो भने भोलि हाम्रो समुदाय,समाज र देश को हालत के हुन सक्छ अन्दाज लगाउन गाह्रो छैन।

पहिलो कुरा त सिमानाका बाटै उचित उपाय/चेक जाँच र उद्दार को उचित तरिकाहरु अपनाउनु पर्दथ्यो।यस्तोमा सरोकारवाला निकायहरु चुकेका छ्न भन्ने प्रस्ट छ। अब, क्वारेन्टाइन गृह लाई हेला को दृष्टि ले हेर्ने हो भने भोलि हाम्रो समुदाय,समाज र देश को हालत के हुन सक्छ अन्दाज लगाउन गाह्रो छैन।स्थिति बिकराल र विषम हुनेछ भन्न सकिन्छ।

त्यसैले स्वदेश फिर्ती भएका तमाम हजारौं जनता हरुको स्वास्थ माथी भै रहेको यस लापरबाहीले निम्त्याउन सक्ने संकट लाई हाम्रो जस्तो निरीह स्वास्थ ब्यबस्था भएको रास्ट्रले धान्ने छैन र आफ्नो नागरिकको रक्षा गर्न नसक्दा हाम्रो राज्य र राज्यसत्ता एक बिफल रास्ट्र मा परिणत हुन न पुगोस्!!!

सबैको जय होस्....!!!