निर्मलाका लागि न्याय माग्दै धर्ना बसेका बुबाआमाको स्वाथ्य अवस्था विग्रदै

निर्मलाका लागि न्याय माग्दै धर्ना बसेका बुबाआमाको स्वाथ्य अवस्था विग्रदै

धनगढी : बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पाचँ दिनदेखि धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वाथ्य अवस्था विग्रन थालेको छ । 

विगत पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाढी धर्नामा बसिरहेका उनीहरुको अवस्था दिनपतिदिन विग्रदै गएको स्वाथ्यकर्मीले बताएका छन । 

बिहीबार निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको महाकली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै स्वाथ्य परिक्षण गरेको छ । 

सो क्रममा उनीहरुको स्वाथ्य अवस्था दिनप्रतिदिन विग्रदै गएको पाइएको उपचारमा सलग्न महाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले जानकारी गराए । 

‘निर्मलाको बुबालाई ज्वरो आएको छ ।’ बोहराले भने, ‘बुबा र आमा दुर्गाको रक्तचाप घटेको छ । रगत परिक्षणपछि थप उपचार के गर्ने भन्नेबारे छलफल गर्नेछौ ।’