एसी पड्किँदा गृहमन्त्रालयमा आगलागी

एसी पड्किँदा गृहमन्त्रालयमा आगलागी

काठमाडौं : सिंहदरबार स्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ ।

गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो ।

आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सामान्य क्षति भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।