कंचनपुरमा अवैधरुपमा भित्रीरहेको लाखौको औषधि सशस्त्र प्रहरीद्वारा बरामद

कंचनपुरमा अवैधरुपमा भित्रीरहेको लाखौको औषधि सशस्त्र प्रहरीद्वारा बरामद

कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव सिमा क्षेत्रबाट अवैध रुपमा भित्र्याइरहेको  औषधी सशस्त्र प्रहरीले  बरामद गरेको छ ।
कंचनपुरमा रहेको बोर्डर आउट पोष्ट ब्रम्हदेबका इन्चार्ज राम बहादुर खनालको नेतृत्वमा गएको टोलिले  अवैध औषधी आइतबार बरामद गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।  भारतबाट नेपालतर्फ  लुकिछिपी ल्याईरहेको औषधी सशस्त्र प्रहरी बलले बरामद गरेको ३५ नम्बर गणका गणपति वीरसिह शाहुले बताए । उनका अनुसार २ लाख, ५८ हजार ७ सय ९६ रुपैया बराबरको औषधी रहेको छ ।  कोरोना संक्रमणको त्रास पछि नेपाल सरकारले देशभर लकडाउन गर्नुका साथै अनिश्चितकालका लागि  सिमानाका पुर्ण रुपमा बन्द गरेको थियो । सिमानाका बन्द भएपछी भारत बाट नेपाल फर्किने हरुको घुइँचो लाग्न थाले पछि उनिहरुलाई सुरक्षीत र व्यवस्थित तरिकाले भित्र्याउनमात्रै नाका खोलिएको छ । तर सिमानाका बाट भिभिन्न तस्करजन्य कार्य हुन थालेपछि सशस्त्र प्रहरी बलले गस्ती बढाएको थियो । तस्करहरु भने फरार रहेका र उनिहरुको खोजिकार्य भइरहेको गणपति शाहुले बताए । बरामद गरेको औषधि आज भन्सारमा बुझाएको समेत गणपति शाहुले जानकारी दिए  । कञ्चनपुरमा आधिकारिक औषधीका सप्लायर्स हुँदाहुँदै गैर कानुनी रुपमा भारतबाट महामारीका मौकाछोपी औषधी ल्याउने समुहको पहिचान गरेर कार्बाही गर्नपर्ने माग कंचनपुरका औषधि व्यवसायिहरुको रहेको छ । सशस्त्र प्रहरीले महामारीका बेला सीमा क्षेत्रमा हुने अवैध कृयाकलाप एव चोरी तस्करी नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ। सशस्त्र प्रहरीले यस अघि दोधारा, बेलौरी, पुर्नवासबाट पनि लाखौका अवैध  समानहरु बरामद गरेको थियो । देशभर लकडाउन र कोरोना संक्रमणका मौका छोपी भारतबाट नेपाल अवैधरुपमा सामान भित्र्याउने तस्करहरुको  जालो रहेको छ ।  तस्कर सशस्त्र प्रहरीको टोली देख्नासाथ फरार भएका कारण  भने तस्करको पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।