राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीद्धारा कंचनपुरका खेलाडीहरुलाई राहत वितरण

राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीद्धारा कंचनपुरका खेलाडीहरुलाई राहत वितरण

कंचनपुर : राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीले आज कंचनपुरका खेलाडीहरुलाई राहत वितरण गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा रहेका र आर्थिक अवस्था कमजोर भएका खेलाडी तथा खेलकर्मीलाई राहत वितरण गरिएको हो ।
आज एक कार्यक्रमको आयोजना गर्दै  ५१ जना खेलाडीहरुलाई राहत वितरण गरिएको संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिएका छ्न । कोरोना भाइरसका कारण लामो समय सम्म जारी लकडाउनले जिविकोपार्जनमा समस्या भएका खेलाडीहरुका लागी राहत वितरण गरिएको चन्दले बताए ।
 दैनिकी चलाउन नै मुस्कील भएका र अन्य कुनैपनि प्रकारका समस्यामा रहेका सम्पुर्ण खेलाडी, खेल प्रशिक्षक तथा विभिन्न संघका खेल पदाधिकारी लगायत खेल संग सम्बन्धीत व्यक्तीहरुलाई समेत संघका तर्फबाट राहत वितरण जारी रहेको उनले बताए ।
 राहत वितरण कार्यक्रमका लागि आईएमईले सुदुरपश्चिम प्रदेशका १८ वटा एजेन्ट्स हरुबाट २२ हजार ५ सय ५ रुपैैयाँ  संकलन गरि सहयोग गरेको थियो । यसै गरि आर्थिक सहयोग गर्नेहरुमा धनगढी घर भै हाल सिगाँँपुर रहेकी नायिका पल्लवी भट्ट, जिल्ला जिम्न्यास्टिक संघ कैलालीका अध्यक्ष मोहन भट्ट र कैलाली उधोग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पुष्कर ओझा रहेका छ्न  । राहत वितरण कार्यक्रमकै लागि कंचनपुर उधोग वाणिज्य संघ कंचनपुरका बरिस्ठ उपाध्यक्ष पिताम्बर जोशीले एक क्विन्टल , राष्ट्रिय गोजुरिया संघका केन्द्रिय सचिव विष्णु कडेलले  डेढ क्विन्टल , करातेका पुर्व राष्ट्रिय खेलाडी बिक्रम बिष्टले एक क्विन्टल , सुधीर भट्टले दुई कट्टा र विजय जोशीले दुई कट्टा चामल उपलब्ध गराएका थिए ।

राहत वितरण कार्यक्रमका सभापति संघका अध्यक्ष प्रकाश चन्द रहेका थिए भने  प्रमुख अतिथिमा  जिल्ला खेलकुद विकास समिती कंचनपुरका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहेका थिए । 

यस अघि पनि संघले अत्तरिया कैलाली लगायत विभिन्न  ठाउँहरुमा राहत वितरण गरिसकेको छ । राहत वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कंचनपुरका प्रमुख प्रशिक्षक विमल खडायत , राष्ट्रिय भलिबल संघका केन्द्रिय सचिव जगदिश भट्ट ,जीवन गौतम , विष्णुदत्त भट्ट , संघका वरिष्ठ उपाध्यक्ष तथा तेक्वान्दोका पुर्व रास्ट्रीय खेलाडी केशब भट्ट, बक्सिङ प्रशिक्षक हरिश चन्द, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका महासचिव रतन खाती , कोषाध्यक्ष दुर्गा शर्मा, जोयव शाह ,  आईएमईका सुदुरपश्चिम प्रदेश प्रमुख संजयमुर्ती कोईराला लगायत अन्य खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । 


उक्त राहत वितरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष चन्दले  सुदुरपश्चिम प्रदेशका सम्पुर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गर्ने समेत प्रतिबद्धता गरेका छ्न । साथै अध्यक्ष चन्दले  राहत वितरणका लागि आर्थिक सहयोग तथा राहत सामाग्री उपलब्ध गरि सहयोग पुर्याउनेहरुमा स-सम्मान  धन्यवाद व्यक्त गरेका छन ।