मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि नेकपाको निगरानी

मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि नेकपाको निगरानी

धनगढी : नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिमाथि निगरान गर्न सुरु गरेको छ । 

आफनो पार्टीबाट निर्वाचित मन्त्री, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिका काम कर्तव्यबारे निगरानी गर्न थालिएको नेकपा प्रदेश कमिटिले जनाएको छ । 

नेकपाका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले अव आफनो पार्टीबाट जितेका सवै प्रतिनिधिको कामकारवाहीको निगरानी गर्ने बताउनुभयो ।

नेकपाबाट जितेका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी ढङगले काम गर्न नसकेको, पार्टीसग आवश्यक समन्वय नगरेको, पार्टीको निर्देशनलाई व्यवस्था गरेको गुनासो बढेपछि प्रदेश समितिले त्यस्तो निर्णय गरेको हो । 

केहीदिन अघि बसेको प्रदेश कमिटिको बैठकले समेत त्यस्तो निर्णय गरेको नेकपाका प्रदेश सह ईञ्चार्ज लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

त्यसै अनुरुप सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीलाई मन्त्रीबाट बर्खास्त गरिएका नेकपाले जनाएको छ । पदीय मर्यादा विपरित काम गरेको भन्दै नेकपा प्रदेश कमिटिको सिफारिसमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मगलवार बर्खास्त गरेका थिए भने प्रदेश कमिटिले पनि साधारण सदस्य समेत नरहने गरि पार्टीबाट नै निष्कासन गरेको थियो । 

सोडारीलाई मन्त्रीबाट बर्खास्त गर्नु र साधारण सदस्य समते नरहने गरि पार्टीबाट निष्कासन गर्नुलाई नेकपाले मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिमाथि निगरानी सुरु गरेको पहिलो खुटकिलोका रुपमा लिएको छ । त्यसका लागि छुट्टै कमिटि नै गठन भने गरिएको छैन ।

हाल जिल्ला र स्थानीय तहमा एकीकरण प्रक्रिया नटुङगिएका कारण प्रदेश कमिटिले नै मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिको काम कर्तव्यको मुल्याङन गर्ने छ । 

त्यसका लागि जिल्ला तह, स्थानीय तहका नेतालाई पनि जानकारी गराईएको र मुल्याङन गरिराख्न निर्देशन दिईएको छ । 

पदीइ मर्यादा विपरित कार्य गरेमा, प्रभावकारी ढङगले काम गर्न नसकेमा, पार्टीसग आवश्यक समन्वय नगरेमा, पार्टीको निर्देशनलाई नमानेको खण्डमा मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कडा कारवाही गरिने चेतावनी नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले दिएको छ ।