कंचनपुरको एक सामुदायिक वनमा ७१ वर्षीय वृद्धको शव भेटियो

कंचनपुरको एक सामुदायिक वनमा ७१ वर्षीय वृद्धको शव भेटियो

 कंचनपुर :  मङ्गलबार कंचनपुरको एक सामुदायिक वनमा एकजना वृद्धको शव भेटिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वसन्त सामुदायिक वनमा  एक जना वृद्ध  मृत अवस्थामा फेला परेका हुन । कृष्णपुर नगरपालिका–१ बन्ड बस्ने ७१ वर्षीय वीरभान धानुक सामुदायिक वनभित्र मृत अवस्था भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छ्न।

हिजो घरबाट औषधी लिन जान्छु भन्दै निस्किएका धानुक  सामुदायिक वनभित्र मृत भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रावलले बताए।

ती वृद्धको शव नजिकै विष (सेल्पास)  भेटिएको कारण वृद्धले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने  प्रहरीको आशंका रहेको छ । 
 मृत अवस्थामा भेटिएका धानुक कृष्णपुर नगरपालिका–१  बन्डमा रहेको आफ्नो छोरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल राखिएको छ ।