कोरियाली सरकारद्वारा ५० हजार थान पीसीआररआरडीटी किट प्रदान

कोरियाली सरकारद्वारा ५० हजार थान पीसीआररआरडीटी किट प्रदान

दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आरडीटीरपीसीआर किट प्रदान गरेको छ ।देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख रुपैयाँ बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ । 

कोहकाका तर्फबाट काठमाण्डौमा रहेको कोरियली राजदूतावासको कार्यवाहक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा‍क्टर राजन पोखरेललाई किट हस्तान्तरण गर्नुभयो । 

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आउँदो शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।