पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर साउदले गरे रु. ५ लाख सहयोग

पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर साउदले गरे रु. ५ लाख सहयोग

कोरोना संक्रमण दिनानुदिन बढिरहेको समयमा कोरोना चेकजाँच गर्ने महत्वपूर्ण यन्त्र पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर भीम बहादुर साउदले रु. ५ लाख सहयोगको गरेका छ्न । सुदुरपश्चिमका लागि  पिसिआर मेसिन खरिदका गर्नका लागि ह्यमुमानिटी फाउण्डेसनले आर्थिक संकलनका अभियान चलाएको थियो । उक्त अभियान अन्तर्गत डडेलधुरा जिल्लामा पिसिआर मेसिन खरिदका लागि  पर्शुराम नगरपालिकाका मेयर साउदले आफ्ना दिवङ्गत दाई दलबहादुर साउदको स्मृतिमा रु. ५ लाख दिने घोषणा गरेका हुन ।

भिमबहादुर साउद द्वारा संचालित राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट रु. ५ लाखको चेक उपलब्ध भएको ह्यमुमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।