दार्चुलामा ढुंगा लागेर एक महिलाको मृत्यु

दार्चुलामा ढुंगा लागेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाकी ३६ वर्षीय कलावती बडालको ज्यान गएको हो ।

बुधवार बिहान खलंगा बजार आउने क्रममा श्रिबगड ओदाल भन्ने ठाउँमा माथि भिरबाट खसेको ढुंगा लागेर बडालको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भान चन्दले जानकारी दिए । उनी खलंगा राहत बुझ्न आइरहेको बुझिएको छ ।

मृतक महिलाका, दुई छोरा र दुई छोरी रहेका छन् । घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको प्रहरीले जनाएको छ ।