क्वारेन्टाईनमा महिलाहरु असुरक्षित, महिलामैत्री क्वारेन्टाईन नभएको गुनासो

क्वारेन्टाईनमा महिलाहरु असुरक्षित, महिलामैत्री क्वारेन्टाईन नभएको गुनासो

धनगढी : सुदुरपश्चिम प्रदेशमा रहेका अधिंकास क्वारेन्टाईहरु सामान्य मापदण्ड समेत लागु नै नगरी स्थापना गरिएका छन् । मापदण्ड विपरीत निर्माण गरिएका अधिकांश क्वारेन्टाईनको अव्यवस्थित व्यवस्थापनका कारण विशेष गरी महिलाहरुले निकै सास्ती भोग्नुपरेको छ 

प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाईनहरु महिला मैत्री नभएको गुनासो बढ्न थालेको छ । महिला मैत्री क्वारेन्टाईहरु नहुँदा असुरक्षित महसुस भईरहेको क्वारेन्टिनबासमा बस्दै आएका महिलाहरुले दुखेसो पोख्न थालेका छन् । गर्न थालेका छन । कैलालीको लम्कीचुहा नगरपालिकामा जेठ ३२ गते घटेको घट्नाले महिलाहरु कत्तिको असुरक्षित छन भन्ने प्रष्ट पारिदिएको छ । 

यसो त क्वारेन्टाईन व्यवस्थापनमा खटिएका कर्मचारीहरु नै कति सम्मका गैर जिम्मेवार र असभ्य छन भन्ने पनि छर्लङ्ग भएको छ । क्वारेन्टाईनमा बस्न निकै असुरक्षित र विश्वासको वातावरण हराएको भन्दै महिलाहरुले चिन्ता व्यक्त गरेका छन । 

धनगढी उपमहानगरपालिकामा रहेका क्वारेन्टाईनहरु भने पुर्णतया सुरक्षित नभएपनि केही हदसम्म महिलाहरुका लागि ढुक्कको वातावरण तयार पारिएको क्वारेन्टाईन व्यवस्थापन संयोजक एवम धनगढी उप महानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नारायण बरालले बताए ।  

महिला पुरुष र  बालबालिका तथा अपाङ्ता भएकाहरुका लागि अलग अलग कक्षको व्यवस्था गरिदिएको तर महिलाहरुका लागि छुट्टै शौचालयको व्यवस्था नहुँदा भने समस्या भईरहेको उनको भनाई छ । 

क्वारेनटाईनमा बसेका महिलाहरु असुरक्षित रहेको प्रष्ट हुँदाहुँदै पनि यस बिषय प्रति प्रदेश र संघिय सरकार गम्भीर नभएको सुदुरपश्चिम प्रदेश सभा सदस्य पुर्णा जोशीले आरोप लगाईन । उनले यस बिषयमा आफुले पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउन खोज्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरिन ।

साथै क्वारेनटाईनमा बसेका महिलाहरुमाथि दुव्र्यवहार गर्ने, अश्लिील शब्द प्रयोग गर्ने, छाडा गीत संगीतहरु सुनाउने जस्ता अभद« व्यहार हुनेगरेको जोशीले बताईन ।  

यसै पनि पछिल्लो समय सदुरपश्चिम प्रदेशमा यस्ता अमानविय र समाजमा दुर्गन्ध फैलाउने क्रियाकलापहरु दिन प्रति दिन बढीरहेका छन । यसले मानव जातीको नैतिक असित्तव संकटमा पर्ने संकेत देखिएको प्रदेश सभा सदस्य जोशीको भनाई छ । उनले लम्कीचुहा नगरपालिकामा घटेको घट्ना प्रति दुख व्यक्त गर्दै दोषीलाई तत्काल कारबाही गरिने बताईन ।  

कैलालीको लम्की चुहा नगरपालिकाको क्वारेन्टाइनमा घटेको घट्ना त प्रतिनीधी उदाहरण मात्रै हो । यहाँमात्र नभएर सुदूरपहाडका विभिन्न जिल्लाहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा महिलाहरुले भोग्नुपर्ने समस्या कयौँ देखिने र सुनिने गर्दछन् ।

प्रदेशका विकसित क्षेत्रमा नै महिलाहरु सुरक्षित छैनन् भने ग्रािमण भेगका महिलाहरु असुरक्षित छन भन्नेमा दुई मत छैन ।

समस्या छन भन्ने त सजिलै अनुमान लगाउन सकिन्छ तर ती समस्याको समाधानमा क्वारेन्टाईन व्यवस्थापनका लागि खर्च गरिएको बजेट सार्बजनिक गर्दै संघिय र प्रदेश सरकार जिम्मेवारीबाट पन्छीरहेको जनगुनासो त्यत्तिकै मात्रामा बढ्दै जान थालेको छ ।