विधुतको पोलबाट खस्दा कंचनपुरमा एकजना मजदुरको ज्यान गयो

विधुतको पोलबाट खस्दा कंचनपुरमा एकजना मजदुरको ज्यान गयो

 कंचनपुर :  बुधबार कंचनपुरमा विद्युतको लाइन बिस्तार गर्ने क्रममा पोलबाट खसेर एक जना मजदुरको मृत्यु  भएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ९ खल्लामछेटीमा बिद्युतको लाइन बिस्तार गर्ने क्रममा पोलबाट खसेर एक जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भिमदत्त नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहार रहेका छ्न । 

विधुतका तार जडानका लागि पोलमा चढेको अवस्थामा अचानक उनि खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लामछेटी सम्म विधुत लाइन विस्तार गर्न लागेको हो  । 
 घटनाका बारेमा थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छ्न। अहिले मृतक रोहितको शव महाकाली अस्पतालमा राखिएको छ ।