परीक्षणको गती सुस्त, घर पठाउन चाहिँ किन हतार ?

परीक्षणको गती सुस्त, घर पठाउन चाहिँ किन हतार ?

धनगढी : सुदुरपश्चिम लगाएत देशैभर पछिल्लो केही समय यता क्वारेन्टाईनमा बसेकाहरुलाई रिपोर्ट नआउँदै घर पठाउने क्रम बढेको छ । अझ कतिपय ठाउँमा त आरडीटी परक्षिण गरेकै भरमा घरघरमा पठाउने काम भई रहेको छ ।

यद्यपी पछिल्लो समय आरडीटी परीक्षणको विश्वसनियता भने घट्दै गएको छ । यसले संक्रमणको जोखिम बढाउने केही समय पहिलेको आशंकालाई अहिले वास्तविकतामा परीणत गरेको छ ।

यस्तै सुदुरपश्चिममा पिसीआर मेसिनको अभाव हुदाँ स्वाब परीक्षणमा समस्या भईरहेको छ । परीक्षण्का लागि स्वाब संकलन गरी पठाएपनि रिपोर्ट आउन हप्तौँ पखर्नुपर्ने बाध्यता रहेको छ । 

बिहीबार मात्रै डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रिपोर्ट नआउँदै घर पठाएका ५८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनु त सामान्य कुरो संक्रमण पुष्टि भएकाहरु खुलेआम गाउँघरमा सबै आ–आफनो काममा व्यस्त भएका छन । यसरी उनीहरु सबैको सम्पर्कमा आउन थालेपछि अन्यमा पनि संक्रमणको उच्च जोखिम बढेको छ ।

गाउँपालिकाले भने क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कोरोना सँग मिल्दो जुल्दो कुनै लक्षण नेदेखिएको भन्दै रिपोर्ट आउनु पुर्व नै घर पठाएको थियो । 
सुदुरपश्चिमका नौ जिल्ला मध्ये कैलाली पछि सबैभन्दा बढी संक्रमित डडेल्धुरामा नै फेला परेका छन र तर यहाँका स्थानिय तहहरुमा नै यती सम्मको लापरबाही गर्नथाले पछि स्थानियहरु विचल्लित भएका छन । गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्ले भने स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम नै काम गरीरहेको दावी गरे ।

रिपोर्ट आउन ढिलाई भएका कारण पनि अहिले यस्तो समस्या उत्पन्न भएको मल्लको भनाई छ ।
यस्तै डोटीको शिखर नगरपालिकामा पनि क्वारेन्टाईनबाट घर पठाएका १४ जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनबाट घर फर्केको चार दिनपछि उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोसीले भने स्वास्थ्य कार्यालय बैतडीको निर्देशन बमोजिम नै उनीहरुलाई घर पठाएको बताए ।

घर फर्किएकाहरुको रिपोट पोजेटिभ आएपछि भने यहाँका स्थानियहरु त्रसित बनेका छन । नगरप्रमुख जोसीले स्वास्थ्य मन्त्रालयको निर्देशिका नै त्रुटीपुर्ण भएको बताएका छन ।  
सुदुरपश्चिममा पिसीआर मेसिनको अभाव हुँदा परीक्षणको गती सुस्त भएका कारण कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ । तर रिपोर्ट आएपनि उनीहरुमा कोरोनाका कुनै लक्षण नदेखिकोले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालय निर्देशक  डाक्टर गुणराज अवस्थीले पनि पिसीआर मेसिनको अभाव नै मुख्य समस्या भएको बताएका छन ।

 
स्थानिय तह र प्रदेश सरकारलाई क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाउन मात्र हतार भएको छ । तर परीक्षणको दायरा बढाउन तर्फ भने प्रदेश र संघिय सरकारको ध्यान गएको छैन । यद्यपी पिसीआर मेसिन खरिदको चर्चा भने यसअघि पनि नचलेको भने होईन । तर काम भने न संघिय सरकारले गर्न सक्यो न त प्रदेश सरकारले नै भन्दै अहिले सर्वत्र आलोचना भईरहेको छ ।  

नगरिक स्तरबाट सरकारको ध्यानाकर्षण स्वरुप पटक पटक विभिन्न दबाबहरु आएपनि सरकार भने मौन रहेको छ । मानौँ सरकारलाई जनताको समस्या सुन्ने समय नै नभए झैँ गरी जनगुनासाहरुलाई वेवास्ता गरिएको छ ।