महाकाली चार लेनको पुल निर्माण कार्य कामदार नहुँदा प्रभावित

महाकाली चार लेनको पुल निर्माण कार्य कामदार नहुँदा प्रभावित

महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ मा रहेको ओदाली क्षेत्रमा भने लकडाउन बिचमै चारलेन महाकाली पुल निमार्णको कार्यलाई  निरन्तरता दिएको थियोे   । तर पछिल्लो समयमा निमार्ण भइरहेको चार लेनको पक्की पुल निर्माण कार्य कामदार नहुँदा निकै प्रभावित बनेको  छ । कोरोनाले त्रासपुर्ण वातावरण सृजना  भएपछि  निर्माण कार्यमा खिटिएका लेबरहरुमाथि  कोरोनाको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले कामदारहरुलाई घर पठाए सगैं पुल निमार्ण कार्य प्रभावित बनेको हो ।  

यस अघि २०७४ सालमा नै पुर्वप्रधान मन्त्री शेरवहादुर देउवाले  चार लेन महाकाली पुलको शिलन्यास गरेपछि निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले लकडाउ बिचमै निर्माण कार्य जारी राखेपनि  चार लेन महाकाली पुलको लक्ष अनुसार प्रगती गर्न नसकेको जनाएको छ  । महाकाली चारलेन निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । कम्पनीको लक्ष्य अनुसार हालसम्म पुलको भौतिक प्रगति ६० प्रतिशत पुगाउने भएपनि कोरोनाको प्रभावका कारण ४८ प्रतिशत मात्रै भएको कम्पनीको भनाइ छ । 

सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनी तर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि धेरै जसोे सकिएको छ । यस्तै पुलको ३४ ओटा पिल्लर मध्ये ३० ओटा पिल्लरको काम सकिएको छ ।  ३२ ओटा स्लाव मध्ये ६ ओटा स्लावको काम पनि सकिएको छ ।  कम्पनीका अनुसार ८ सय मिटरको लम्बाई र २३.८ मिटरको चौडाई रहेको पुल निर्माण कार्यसंगै अहिले मनुसुन लागेपछि महाकालीमा पानीको मात्रा ह्वात्तै   बढेको र कामदार नभएको अवस्थामा पुल निमार्ण कार्यको केही काम गर्न नसकिने अवस्था रहेको छ । कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले कोरोनाको महामारीले  कामदारहरु आ आफ्नो घर गएपछि निर्माण कार्यमा कमी आएको र आफुहरुले लक्ष अनुसारको उपलब्धी गर्न नसके  जानकारी दिए ।

“सम्पन्न भएकोे ६ ओटा स्लाव पनि स्थानीय प्रशासनसँग समुन्वय गरेर क्वारेन्टिनमा बस्दै गरेका कामदारलाई प्रयोग गरेर मुस्किलले सकिएको हो ।” इन्जिनियर पाण्डेयले भने, “स्लाव हालेपछि उनीहरु पनि घर गए, पुल निर्माण स्थलमा केही स्थानीय कामदार भएपनि पुलमा काम गर्ने कामदार एक जना पनि छैन, पुलको निमार्ण कार्य सवै ठप्प रहेको छ ।”  यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ । अहिले पुलको दुवैतिर वरीपरी दुई–दुई ओटा पोखरी निर्माण हुने भएकोले ड्याम बाँधेर पानीको साइड परिवर्तन गर्ने काम पनि चलिरहेको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०७८ जेठमा सकिने भनेपनि कोरोनाले पुल निमार्ण गतिविधिलाई पछाडी धकेलेको छ ।