कंचनपुर कृष्णपुर नगरपालिकाको वडा नम्बर दुईलाई शिल गर्ने निर्णय

कंचनपुर कृष्णपुर नगरपालिकाको वडा नम्बर दुईलाई शिल गर्ने निर्णय

 कंचनपुर : कंचनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर दुई शिल गरिएको छ । कोरोना संक्रमीत हरुको संख्या बढेपछी उक्त वडा एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वडा कार्यालयमा वसेको सर्वदलिय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो । वडा कार्यालयलाई आइतबारदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिएको वडा अध्यक्ष जयनाराण जोशीले बताए।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै वाणी वजार लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष जोशीले बताए ।

हाल वडा नम्बर २ मा कोरोना संक्रमितको संख्या १६ जना रहेको छ । संक्रमण थप फैलिन सक्ने भन्दै बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणका लागि शिल गर्ने निर्णय गरिएको उनले बताए । अत्यावश्यक कामका लागि आवतजावत तथा किनमेल गर्न सामाजिक दु्री कायम गरि सार्वजनिक स्थलमा चारजना भन्दा बढी जम्मा हुन नपाइने निर्णय सहित उक्त वडा शिल गर्ने निर्णय गरिएको छ ।