डिकेडिएस निर्माण कम्पनीको लापरबाही

डिकेडिएस निर्माण कम्पनीको लापरबाही

कंचनपुर : कंचनपुरको दक्षिणी क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका वडा नम्बर ६ मा स्वास्थ्य चौकी निमार्ण गर्दा  गुणस्तरहिन ईट्टा प्रयोग गरिएको पाइएको छ ।
लालझाडी गाँउपालिका–६ चाँनदेउमा डीकेडीएस कन्सट्रक्सनले ३९ लाखको लागतमा निमार्ण गरिरहेको स्वास्थ्य चौकीमा गुणस्तरहिन ईट्टा प्रयोग भइरहेको पाईएको हो । 
डीकेडीएस कन्सट्रक्सनले पाएको ठेक्का निमार्णको सुरुवातमै कमसल खाले टुटफुट भई निमार्णमा अनुपयुक्त ईट्टा प्रयोग भइरहेको  पाइएपछी स्थानियले बिरोध गरेका थिए ।

यस बिषयमा लालझाँडी–६ का वडाध्यक्ष फुलाराम चौधरीसंग कुराकानी गर्दा उक्त स्वास्थ्य चौकीको निर्माणमा निर्माण  कम्पनीले बदमासी गरेको र तत्काल  स्वास्थ्य चौकीमा गुणस्तरहिन ईट्टा प्रयोगमा तत्काल आफुले रोक लगाएको वडाध्यक्ष चौधरीले  बताए। स्वास्थ्य चौकी निर्माणका लागि ल्याइएका  कमसल तथा बिग्रेका इट्टाहरु फिर्ता गर्न पठाएको र अबका दिनमा निरन्तर अनुगमन गरिने समेत अध्यक्षले बताएका छ्न ।