धनगढी । धनगढीमा पनि सलह जस्तै किरा भित्रिएको पाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित तुलाराम खनालको तरकारी बारीमा उक्त किरा भेटिएको हो ।
खनालको बारीमा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । “आज बिहान बारीमा हेर्दा विभिन्न तरकारीका बोटहरु तथा मकैमा उक्त किरा भेटिएको हो ।
यो संगै धनगढीमा पनि सलह जस्तै किरा भेटिए पछी स्थानियहरु चिन्तित बनेका छन् । देशभर नै आतंक मच्चाइरहेको सलह किराले विभिन्न बालीहरु नष्ट गर्ने चिन्ता रहेको विशालनगरवासीको चिन्ता रहेको छ ।
फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको थियो।
सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञ बताएका छन् ।
प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगाएतका बारेमा चाडैँ पक्ता लगाउने ”उहाँले बताउनुभयो । सलह किराको जातको पहिचान र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।
हेर्नुस फाेटाेमा धनगढीमा भेटिएकाे किरा ः