नक्कली कागजात बनाइ मोटरसाइकल किनबेच गर्ने यातायात कार्यालयका कर्मचारी सहित १२ जना पक्राउ

नक्कली कागजात बनाइ मोटरसाइकल किनबेच गर्ने यातायात कार्यालयका कर्मचारी सहित १२ जना पक्राउ

कंचनपुर : जिल्ला प्रहरी कार्यालय कंचनपुरले सोमबार पत्रकार सम्मेलन गरि मोटरसाइकल चोरी गरि नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच गर्ने १२ जनाको गिरोह पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त रुपमा गरिएको बिशेष अप्रेसन सफल भएको हो ।

उक्त गिरोहलाई समात्न बिगत लामो समयबाट  बिशेष अप्रेसन सुरु गरिएको कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुक एसपी मुकुन्द मरासिनीले बताए । नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच भइ प्रयोग गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा बिशेष अप्रेसन थालिएको र उनिहरु सम्म पुग्न सफल भएको उनले बताए । 

पक्राउ पर्नेहरुमा कंचनपुर लालझाडी गाउपालिका वडा नम्बर ४ बस्ने बहादुर राना र राम दयाल राना ,बेतकोट नगरपालिका वडा नम्बर ६ बस्ने राजकुमार राना,हरेन्द्र राना,सुबेश राना, लालझाडी गापा वडा नम्बर १ बस्ने रामनिवास राना, शुक्लाफाटा नपा १३ घर भइ हाल धनगढी उपमहानरपालिका वडा नम्वर ३ मिलन चोक बस्दै गरेका श्याम राना,बेतकोट नगरपालिका ६ बस्ने राम ला, बेतकोट नपा ५ बस्ने प्रदिप राना र लक्ष्मी राना गरि १० जना रहेका छ्न भने यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी जितेन्द्र राना र गणेश भट्टराई रहेका छ्न । 

प्रहरीले उनिहरुबाट विभिन्न कम्पनीका  आठओटा मोटरसाइकल सहित नक्कली बिलबुकहरु बरामद गरेको छ । उक्त कार्यमा अन्य व्यक्ती हरु समेत संलग्न भएको हुनसक्ने भएकोले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी मरासिनीले बताए ।